२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुबाट ७० हजार प्रभावित



अ+ अ-

काठमाडौँ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ ।

ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । ‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको होरहोइन प्रमाणीकरणको प्रक्रियामा छ ।

डा. शाहका अनुसार डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ । बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । ईडीसीडीले डेंगु रोग निदानका लागि र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) को सट्टा रगतमाह्वाइट ब्लड सेल तथा प्लेटेलेट गणना र हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गराउन अनुरोध गरेको छ ।

ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख शाहका अनुसार आरडीटी किटको विभिन्न जिल्लाबाट अत्यधिक माग भइरहेको अवस्थामा हाल स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न भनिएको छ । आरडीटी किटको प्रयोगले डेंगु पोजेटिभ वा नेगेटिभ देखिए पनि उपचारको प्रोटोकलमा कुनै फरक नपर्नेसमेत डा. शाह बताउँछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।