२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुको नाममा जथाभावी उपचार हुँदा सेतो रगत अभाव



अ+ अ-

काठमाडौं । डेंगु लागेको अनुमानकै भरमा निजी स्वास्थ्य संस्थाले जथाभावी उपचार गर्न थालेपछि बजारमा सेतो रगत अभाव हुन थालेको छ । क्यान्सरका बिरामीलाई अत्यावश्यक सेतो रगत डेंगु लागेको आशंकामै धेरैलाई धमाधम चढाउँदा अभाव भएको चिकित्सकले बताएका छन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा। अनुप बास्तोलाले चिकित्सकहरूले अनावश्यक रूपमा सेतो रगत चढाइरहेको बताए । सेतो रगत एक स्वस्थ व्यक्तिमा ४ हजारदेखि १० हजारसम्म हुन्छ । त्यस्तै, प्लेटलेटको मात्रा १ लाख ५० हजारदेखि ४ लाखसम्म हुन्छ । निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले सेतो रगत ४ हजारभन्दा कम र प्लेटलेट १ लाखभन्दा तल झर्दा सेतो रगत चढाउने गरेका छन् । डा। बास्तोलाले सेतो रगत सामान्य अवस्थामा घट्दा आफैँ बढ्दै जाने बताए । प्लेटलेट १० हजारभन्दा तल झरे मात्रै सेतो रगत चढाउन उपयुक्त हुने उनको सुझाब छ । डेंगु भएको बिरामीका लागि सेतो रगत नचढाउँदाभन्दा चढाउँदा बढी बेफाइदा गर्ने उनले बताए । प्लेटलेट सेतो रक्तकोषिका हो, जसले रगत जमाउने काम गर्छ । यो धेरै घट्दा रक्तस्राव हुन्छ कि भनेर सेतो रगत चढाउने बास्तोला बताउँछन् । सेतो रगत चढाएका कतिपय बिरामीमा एलर्जी देखिन थालेको छ । उपचारका नाममा एन्टिबायोटिकसमेत नदिन सरकारी चिकित्सकहरूले सुझाब दिएका छन् ।

सरकारले किट पनि उपलब्ध नगराउने
डेंगुको नाममा जथाभावी उपचार भएपछि सरकारले डेंगु टेस्ट किट उपलब्ध नगराउने भएको छ । डेंगु परीक्षणका लागि किट आवश्यक नपर्ने भएका कारण प्रयोगलाई रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको शंका लागेका बिरामीको जाँचका लागि ‍र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) आवश्यक नहुने सूचित गरेको छ ।

‘देशभरबाट डेंगु परीक्षण गर्ने किटको माग भइरहेको छ । सामान्य ज्वारो भएका बिरामीहरूमा पनि किटको प्रयोग गरेको पाइयो । ज्वरो आएका सबै बिरामीमा त्यसको प्रयोग आवश्यक छैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले डेंगु परीक्षणका लागि किट आवश्यक नहुने राय दिएका कारण त्यसको प्रयोग नगर्न सबैलाई अनुरोध गरेको हो । चिकित्सकहरूको सल्लाहअनुसार ह्वाइट ब्लड सेल काउन्ट, प्लेटलेट काउन्ट र हेमाटोक्रिट परीक्षण गरेर रोग निदानपछि मात्रै व्यवस्थापन गर्न भनेको छ । सरकारी चिकित्सकहरूका अनुसार हाल ६० प्रतिशत बिरामीलाई डेंगुको संक्रमण नै नभई डेंगुको उपचार गरिएको छ ।

१० पोका सेतो रगत चढाउँदा शरीर फुल्यो
डेंगुको नाममा रुपन्देहीको एक निजी अस्पतालले प्लेटलेट १ लाखभन्दा तल झरेको भन्दै बिरामीलाई १० पोका सेतो रगत चढाउँदा झन् समस्या भएको छ । आवश्यक नरहेकै अवस्थामा सेतो रगत चढाउँदा बिरामीको शरीर फुलेको छ । तर, बिरामीको नाम खुलाइएको छैन ।

चितवनमा सेतो रगतको अभाव
चितवनमा सेतो रगतको अभाव देखिइसकेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार डेंगुका बिरामीलाई सेतो रगत पुर्‍याउन कठिन भएको छ । १०० युनिट सेतो रगतको माग भएकोमा केन्द्रले कम्तीमा ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जनाएको छ । चिकित्सकका अनुसार सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्छ । केन्द्रीय रक्तसञ्चार केन्द्रका उपनिर्देशक डा। प्रकाश यादवले दुःखसुख रगत उपलब्ध गराउँदै आएको बताए । दैनिक विभिन्न ग्रुपका गरी २० पाउण्ड रगत संकलन हुँदै आएको छ । त्यसमा धेरै माग ओ र ए ग्रुपको छ । डेंगुको नाममा अनावश्यक सेतो रगतको प्रयोग भए आवश्यक पर्ने बिरामीले समेत नपाउने अवस्था आउने अधिकारीहरूले बताए ।

१० हजारलाई डेंगु एक हजारमा लक्षण
१० हजारलाई डेंगु हुँदा एक हजारमा मात्रै लक्षण देखिन्छ । नौ हजारलाई जानकारी नहुँदै ठीक भइसक्छ । लक्षण देखिएका एक हजारमध्ये पाँच सयलाई भाइरल फ्लु देखिन्छ भने बाँकी ५ सयलाई डेंगु ज्वारो देखिने डा। बास्तोलाले बताए । डेंगु ज्वरो देखिएकाहरूमा मात्रै टाउको दुख्ने, शरीरका माशंपेशी दुख्ने, बिमिरा आउने, सेतो रगत घट्ने, आँखाका गेडी दुख्ने, हड्डी दुख्ने हुन्छ । उनीहरूमध्ये पाँचदेखि ६ जना मात्रै गम्भीर बिरामी हुन्छन् ।

काठमाडौंमै डेंगु परीक्षण गरेको दुई हजार
डेंगु परीक्षणका नाममा काठमाडौंका निजी स्वास्थ्य संस्थाहरूले नै मोटो रकम लिने गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक कर्मचारीले काठमाडौंको एक निजी अस्पतालमा डेंगु परीक्षण गराउँदा दुई हजार तिरेको बताइन् । सकारले प्रतिकिट ६ सय रुपैयाँसम्म लिन भनेको छ । सरकारले उक्त किट एक सय रुपैयाँमा खरिद गर्दै आएको थियो । महामारीको मौका छोपी देशैभरका निजी स्वास्थ्य संस्थाले २ हजारदेखि १३ हजारसम्म असुलेको भेटेपछि सरकारले सूचना नै जारी गरेर कालोबजारी रोक्न भनेको छ ।

लमजुङका ३ जनामा डेंगुको संक्रमण
लमजुङरलमजुङका तीनजनामा डेंगु रोगको संक्रमण देखिएको छ । लमजुङमा डेंगु रोगसम्बन्धी परीक्षण प्रयोगशाला नभएकाले अन्यत्र परीक्षणको क्रममा यो रोगको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताए । जिल्लाको क्होलासोँथार–८, की एक वृद्धामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । क्होलासोँथार गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिलोकचन्द्र गुरुङका अनुसार स्वास्थ्य परीक्षणका लागि ती वृद्धा पोखरा पुगेकी छन् ।

क्लोलासोँथार गाउँपालिकाले पालिकाभित्र डेंगु रोगको संक्रमण देखिएसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । लामखुट्टेको टोकाइबाट डेंगु रोगको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन सचेतनामूलक कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।