२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० लाख नदिए छोरीलाई सिध्याउने धम्की कँडेल पक्राउ



अ+ अ-

धादिङ । बीस लाख फिरौती नदिए बमले उडाउने भन्दै धम्की दिने धादिङ बेनीघाट रोराङ–५ का २७ वर्षीय सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले स्युचाटार नागार्जुन–९ आदर्श नगरटोलकी रेन्जु त्रिपाठीसँग २० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिए छोरीलाई सिध्याउने र घर पनि बमले उडाइदिने धम्की दिएका थिए । डराएकी त्रिपाठीले प्रहरीमा खबर गरेपछि कँडेल पक्राउ परेका हुन् । त्रिपाठी एकल महिला हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले त्रिपाठीको कमजोरी पत्ता लगाएपछि कँडेलले त्यसैलाई प्रयोग गरेको बताए । उनले भने, ‘त्रिपाठी एकल महिला हुन् । उनका एक छोरी छिन् ।

स्युचारटारकी स्थानीय उनीसँग केही रकम पनि छ । यो सबै नजिकबाट उसले नियालेको देखिन्छ । अन्ततः यसैलाई हतियार बनाएर फिरौती रकम मागेको देखिन्छ ।’

प्रहरीका अनुसार पीडित त्रिपाठी र फिरौती माग गर्ने कँडेल एकै टोलमा बस्दै आएका थिए । दोहोरो चिनजान भएका कँडेलले त्रिपाठीलाई दिदी साइनो लगाउँथे । फिरौती असुलीका लागि भने कँडेलले चिठीको प्रयोग गरेका थिए ।

कँडेललाई त्रिपाठीको कमजोरी छोरी भन्ने थाहा थियो । फिरौती असुलीका लागि उनले यसैलाई हतियार बनाए । यसका लागि धम्कीपूर्ण चिठी लेखे । चिठी लगेर त्रिपाठीको घरमा बस्ने भाडावालालाई दिए ।

भाडावालाले चिठी त्रिपाठीसम्म पु(याए । त्रिपाठीले जब चिठी खोलेर पढिन्, उनको मुटु काप्न थाल्यो । किनकि चिठीमा लेखिएको थियो, ‘बीस लाख रुपैयाँ बालाजु पुलमा लिएर आउनु । प्रहरी र आफन्तलाई जानकारी गराएमा र रकम नदिएमा छोरीलाई सिध्याइदिन्छु । घरमा समेत बम राखी उडाइदिन्छु ।

हतास भएकी उनले आफन्तसँग पीडा पोखिन् । आफन्तले प्रहरीलाई खबर गर्न भने । सोहीअनुसार उनले प्रहरीलाई खबर गरिन् । अन्ततः प्रहरीले फिरौती माग गर्ने कँडेललाई मंगलबार बालाजुबाट पक्राउ ग(यो । रकम आवश्यक परेकाले उनीसँग फिरौती माग गरेको बयान प्रहरीलाई दिएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

घटना सम्बन्धमा प्रवक्ता बोगटीले भने, ‘रकम आवश्यक परेकाले फिरौती मागेको बयानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बाँकी तथ्य त्यसपछि खुल्नेछ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।