२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएमबाट पैसा चोरी प्रकरण : अध्ययनका लागि विदेशी टोली आयो



अ+ अ-

काठमाडौँ । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ । फरेन्सिक भनिने उक्त टोली सिङगापुरबाट बुधबार राति नेपाल आएको हो ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहका उक्त टोली नेपाल आएको हो । टोलीले बिहीबारदेखि नै काम थाल्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले बताए ।

‘फरेन्सिक टोलीको अध्ययन प्रतिवेदनपछि सबै पत्ता लाग्नेछ,’ क्षेत्रीले भने, ‘दुईजनाको उक्त टोली ३र४ दिनसम्म नेपालमा बस्नेछ ।’ टोलीले अध्ययनका क्रममा केही नयाँ भेटाए त्यसको ‘ल्याब टेस्ट’ का लागि सिंगापुर पठाइने उनले बताए ।

यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाउनेछ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

उक्त घटनाको अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने भएको छ । टोली बिहीबार नेपाल आउने हो । फरेन्सिक र भिसा दुवै टोलीको अध्ययन पनि घटनाको वास्तविक सत्य तथ्य पत्ता लाग्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।

घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मि श्रको संयोजकत्वका एक समिति गठन गरेको थियो । समितिले तीन दिनभित्र ९बुधबार० प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा वास्तविक के कारणले घटना भएको हो त्यो पत्ता लगाउन सकेको छैन । ‘सुरक्षाको गेडी कहाँनेर फुस्कियो त्यो पत्ता लगाउन सकिएन,’ संयोजक मि श्रले भने, ‘यो कुरा फरेन्सिक र भिसाको टोलीले अध्ययन गरेपछि पत्ता लगाउँछ ।’

सूचना प्रविधि नीति परिमार्जन गरिने
बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको विद्युतीय भुक्तानी प्रणाली (सूचना प्रणाली) सम्बन्धी नीति नियम परिमार्जन गरिने भएको छ ।

विभिन्न किसिमका बैंकिङ अपराध बढ्दै गएपछि राष्ट्र बैंकले सो सम्बन्धी विद्यमान नीति निर्देशन परिमार्जन गर्न लागेको हो । एटीएमबाट पैसा चोरी भएको पछिल्लो घटना अध्ययन गर्न गठित टोलीले पनि विद्यमान नीतिहरू परिमार्जन गर्न सुझाव दिएको डेपुटी गभर्नर सिवाकोटीले बताए ।

‘प्रतिवेदनको सुझावअनुसार आन्तरिक गृहकार्य थालिसकेका छौं,’ उनले भने, ‘यसका लागि राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणलाई पनि थप प्रभावकारी बनाउँछौं ।’ आधुनिक बैंकिङ बढे पनि बैंकहरूले पर्याप्त लगानी गर्न नसक्दा बलिया सुरक्षण उपायहरू अवलम्बन हुन नसकेको उनले आरोप लगाए ।

‘बैंकहरूलाई आन्तरिक नियमन तथा सुपरिवेक्षण प्रणाली नियमित तथा बलियो बनाउन र सूचना प्रविधिको लगानीमा कन्जुस्याइँ नगर्न निर्देशन जारी गर्छौं ।’ बढ्दो प्रविधिसँगै जोखिम पनि बढेकाले उच्च सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरिने उनले बताए ।

‘अझै पनि केही बैंकहरूले युरोपियन मास्टरकार्ड तथा भिसा ९ईएमभी० पालना गरेको देखिएन,’ उनले भने, ‘यथाशीध्र सो प्रविधि प्रभावकारी रूपमा लागू गर्न निर्देशन जारी हुन सक्छ ।’ राष्ट्र बैंकले सबै एटीएममा ईएमभी लागू गर्न यसअघि नै निर्देशन दिएको हो ।
तत्काल एटीएम सुचारु गर एटीएमबाट पैसा चोरीको घटनापछि नेप्सको प्रणालीमा आबद्ध बैंकहरूका एटीएम कार्ड अर्को बैंकको एटीएममा चलेका छैनन् । सुरक्षाका लागि भन्दै नेप्से उक्त सेवा रोकेको हो । राष्ट्र बैंकले गठन गरेको समितिले पैसा चोरीको घटना यथाशीध्र समाधान गरी ‘क्रस एटीएम’ सेवा सुरु गर्न सुझाव दिइएको संयोजक मि श्रले बताए । ‘दसैं–तिहारलगायत ठूला चाडबाड नजिकिएकाले छिटो क्रस एटीएम सेवा दिनुपर्ने सुझाव दिएका छौं,’ उनले भने, ‘बैंकहरूले सकेसम्म छिटो पर्याप्त सुरक्षासहित सुविधा दिन भनेका हौं ।’

३ करोड ५८ लाख चोरी
शनिबारको घटनामा विभिन्न १३ वटा बैंकको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

विभिन्न ९ वटा बैंकको एटीएम कार्डमार्फत १३ वटा बैंकको एटीएम मेसिनमार्फत उक्त रकम चोरी भएको हो । यो रकम नेपाल र भारतको एटीएमबाट चोरी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नेपालबाट १ करोड ८९ लाख र भारतबाट १ करोड ६९ लाख रुपैयाँ चोरी भएको देखिन्छ । ‘नेपालबाट चोरी भएकोमध्ये करिब सबैजसो रकम प्रहरीले जफत गरिसकेको छ,’ संयोजक मि श्रले भने, ‘भारतबाट निकालिएको पैसाबारे अझै केही भन्न सकिँदैन ।’

पैसा निकाल्ने सीमा घटाइने
एटीएमबाट पैसा निकाल्ने सीमा घटाउनुपर्ने सुझाव अध्ययन प्रतिवेदनमा छ । एकैपटक ठूलो रकम निकाल्न पाउने सुविधाले जोखिम बढेको भन्दै अध्ययन समितिले प्रतिवेदनमा उक्त सुझाव दिएको हो । ‘यसकारण सम्भव भएसम्म एटीएमबाट रकम निकाल्ने सीमा घटाउन सुझाव दिएका छौं,’ स्रोतले भन्यो ।

सदस्य बैंकसँग नेप्सको छलफल
एटीएम सेवा प्रदायक कम्पनीले नेप्सले आफ्ना सदस्य बैंकसँग बुधबार छलफल गरेको छ । थापाथलीस्थित नेपाल बैंकर्स संघको कार्यालयमा नेप्स र बैंकबीच छलफल भएको हो । ‘घटनाबारे हाम्रा सदस्य बैंकलाई औपचारिक रूपमा जानकारी दिन छलफल डाकिएको हो,’ नेप्सका सीईओ क्षेत्रीले भने, ‘घटनाको विवरण, अध्ययन प्रक्रिया, अध्ययन समितिको प्रतिवेदनलगायतमा विषयमा सदस्य बैंकहरूलाई जानकारी गराएका छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।