२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरमै भेटिए डेंगुका ८३ बिरामी, डेंगुको खोप वा विशेष उपचार छैन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरमा डेंगु रोग लागेर उपचारका लागि अस्पताल जाने बिरामीको संख्या ८३ पुगेको छ। कामपा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास वज्राचार्यले गएको साउन २७ गते महानगरको वडा १५ मा पर्ने चमति क्षेत्रमा पहिलोपटक ३ जनामा यो समस्या देखिएको जानकारी दिनुभयो।

तीमध्ये एक घरका श्रीमान्–श्रीमती नै बिरामी परेका थिए। उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइएको थियो। त्यसपछि वडा १६ र १८ बाट डेंगु भएका बिरामीको बारेमा जानकारी आएको थियो।

रोगका बारेमा जानकारी पाएको शुरुआती अवस्थाका बारेमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्नुभयो– ‘अहिले हामी यस वडा क्षेत्रमा सचेतनामूलक कार्यक्रम गरिरहेका छौं।

यस क्रममा वडाका घरघरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिइरहेका छौं। यो महानगरका अन्य वडामा देखिएकाले अब महानगरभरि नै नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको छ।’

संक्रमणलाई निस्क्रिय बनाउन हरेक महानगरबासी उत्तिकै जिम्मेवार हुनुपर्ने तथा सरसफाइप्रतिको सक्रियताले मात्र संक्रमण नियन्त्रणमा आउने प्रवक्ता डंगोलले बताउनुभयो। घर, टोल, गल्ली, चोक सफा गर्न चुना छर्कने तथा पानी जम्ने खाडल पुर्ने कामलाई महानगरले तीव्रता दिएको उहाँको भनाइ थियो।

कामपाले डेंगु नियन्त्रण गर्न विभिन्न वडामा स्वाथ्यकर्मी परिचालन गर्न लागिएको जानकारी दिएको छ। यो वर्षका कार्यक्रमका बारेमा जानकारी गराउँदै १६ वडाका अध्यक्ष मुकुन्द रिजालले भन्नुभयो– ‘वडा १६ का अधिकांश भागमा संक्रमण देखिएको छ।

बसपार्क, विष्णुमती नदी किनाराका अधिकांश भाग, नयाँबजार टाउन प्लानिङ क्षेत्रमा संक्रमण धेरै छ। मेरो वडामा एक जनाको यसै कारण मृत्यु पनि भइसक्यो। अब यस विषयलाई नजरअन्दाज गर्नुहुँदैन।’

महानगरको शहरी स्वास्थ्य महाशाखा प्रमुख वज्राचार्यका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण व्यवस्थापन विभाग, वडा समितिको कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविका, उपभोक्ता समिति, टोल सुधार समिति एकै ठाउँमा जम्मा भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानका लागि सचेतनामूलक कार्यक्रम अगाडि बढाउने तयारी भएको छ।

यो रोग भाइरसको कारणले लाग्छ। यसका विरुद्ध खोप वा विशेष उपचार छैन। वज्राचार्य रोगबाट बच्ने उपायका बारेमा जानकारी दिँदै भन्नुहुन्छ– ‘यसबाट बच्ने उपाय भनेकै डेंगु सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्नु, त्यसका अन्डा, लार्भा, प्युपा नष्ट गर्नु नै हो।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै