२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो अभ्यास खेलमा नेपाल बिजयी



अ+ अ-

काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो ।

नेपालले बादुरेलियालाई १६५ रनको लक्ष्य दिएको थियो । बादुरेलिया २३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनायो । बादुरेलियाका लागि थिभेन्दु डिक्वेले सर्वाधिक ३१ रनको योगदान दिए । आभिस्का लक्सनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै पवन सर्राफ र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो । वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ् ३५ ओभरमा झारिएको थियो । वर्षा बाधक बनेपछि बादुरेलियाले डिएल पद्दतिको आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रीत गौतम र हरि चौहानले अर्धशतकीय इनिङ् खेले । रीतले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४, आसिफ शेखले १४ तथा भीम सार्कीले १० रन बनाए ।

बलिङर्फ बादुरेलियाका लागि मालिदा करुनारत्ने, अभिस्का लक्सन र थिलिना चमाथले दुई÷दुई विकेट लिए । नेपालले अन्तिम अभ्यास खेलमा शुक्रबार श्रीलङ्काको चिल मरियन्ससँग खेल्नेछ । पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब ९एसएससी० को यू–२३ टिमसँग तीन विकेटले पराजित भएको थियो । यू–१९ एशिया कपको तयारी स्वरुप तीन अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्का भ्रमणमा गएको हो । एशिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा श्रीलङ्का, बङ्गलादेश र युनाइटेड अरब इमिरेटस् ९युएई० छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भदौ २० गते आयोजक श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।