२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयरको लाभकर समस्या एक सातामा टुंगिने



अ+ अ-

काठमाडौं । सेयर कारोबारको क्रममा तिर्नुपर्ने पुँजीगत लाभकरको गणनाका विषयमा देखिएको समस्या टुंगिने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सेयर बिक्रीका क्रममा लगानीकर्ताले खरिद मूल्य थाहा नभएमा त्यस्तो सेयरको मूल्य आफैँले तोक्न सक्ने व्यवस्था मिलाइएको छ । सिडिएससीले ‘मेरो सेयर’ प्रयोग गर्ने लगानीकर्ताहरू आफैँले यस्तो मूल्य तय गर्न सक्ने व्यवस्था मिलाएको हो ।

मेरो सेयर खाता नबनाएकोहरूको हकमा सेयर ब्रोकरमार्फत ग्राहकले तोक्न सक्नेछन् । लगानीकर्ताले आफ्नो साथमा रहेको कुनै पनि कम्पनीको जतिसुकै सेयर बिक्री गर्नुपर्दा सबै सेयरको एकमुष्ठ भारित औसत लागत निकाल्नुपर्छ । भारित औसत लागत निकाल्न मेरो सेयरको अनलाइन वा एपमा गएपछि माई पर्चेज सोर्स (मेरो खरिद स्रोत) बटनमा क्लिक गर्नुपर्छ । मेरो खरिद स्रोतमा कम्पनीको नाम प्रविष्टि गर्नेबित्तिकै चार प्रकारका सेयर देखापर्नेछ ।

यसमा पहिलोपटक कागजी सेयरलाई डिम्याट (सेयरको विद्युतीय अभिलेख वा अभौतिकीकरण) गरिएको छ वा सेयर डिम्याट गरेर हालसम्म पनि कारोबार गरिएको छैन भने प्रणालीले स्वतः मूल्य तोक्नेछ । यस्तो खरिद मूल्य १ सय रुपैयाँ मानिनेछ । यस्तो सेयर पहिले दोस्रो बजार ९स्टक एक्सचेन्ज० बाट किनिएको, बोनस वा हकप्रद पाएको भए पनि लागत मूल्य प्रतिकित्ता १ सय नै देखाउनेछ ।

लगानीकर्तालाई यो मूल्य चित्त बुझेन भने आफैँले खरिद मूल्य प्रविष्टि गर्न सक्नेछन् । यद्यपि, यस्तो मूल्य वास्तविक नभएमा भविष्यमा कर कार्यालयबाट हुन सक्ने कारबाही लगानीकर्ता स्वयंले नै व्यहोर्नुपर्छ । ‘मूल्य वास्तविक नभएमा लगानीकर्ता नै जिम्मेवार हुने सूचना हामी खुलाउनेछौँ,’ सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता भन्छन्, ‘यसमा हामी जवाफदेही हुँदैनौं ।’ सिडिएससीका अनुसार आगामी साताबाट यो सुविधा सार्वजनिक हुनेछ ।

डिम्याट भएर कारोबार भइसकेका वा डिम्याट सुरु भएपछि कम्पनीले जारी गरेको बोनस र हकप्रद सेयरमा भने यस्तो समस्या हुँदैन । यस्ता सेयरको लागत मूल्य सिडिएससीकै प्रणालीबाट निस्कनेछ । पहिले डिम्याट भएर पनि कारोबार नभएका वा हालै कागजी सेयर डिम्याट भइरहेका भए त्यस्ता सेयरको वास्तविक मूल्य भने प्रणालीमा देखिँदैन । ‘४र५ वर्षअघि दोस्रो बजारमा डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था गर्दा भविष्यमा यस्ता समस्या आउला भन्ने सोच नै कसैको भएन,’ एक सेयर ब्रोकरले बताए । अहिले डिम्याट नभएका सेयर दोस्रो बजारमा किनबेच हुँदैनन् । लगानीकर्ताहरूले आफूसँग कागजी स्वरूपमा नै सेयर रहेको भए बिक्री गर्नुअघि डिम्याट गर्नैपर्छ ।

यसअघि हरेकपटकको कारोबारमा किनबेच भएको सेयरको मात्र भारित औसत लागत निकालिने व्यवस्था थियो । तर, महालेखापरीक्षकको कार्यालयले सेयरको बोनस र हकप्रद सेयरमा सरकारको राजस्व गुमेको टिप्पणी हरेक वर्ष गर्न थाल्यो । यससँगै राजस्व विभागले समेत ताकेता गर्न थालेपछि अर्थमन्त्री डा। युवराज खतिवडाले आयकर ऐनमै संशोधन गरेर भारित औसत लागत निकाल्ने नयाँ व्यवस्था गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार कुनै एउटा कम्पनीको लगानीकर्ताले आफूसँग रहेकोमध्ये जति परिमाणमा सेयर बिक्री गर्नुपरेमा पनि भारित औसत लागत निकाल्नुपर्छ । डिम्याट भएर एकपटक पनि कारोबार नभएका वा अहिले कागजी रूपमा रहेका सेयरलाई डिम्याट गरेर बिक्री गर्नुपर्दा मात्रै यो समस्या रहेको छ । मेरो सेयरमा गएर लगानीकर्ताले मूल्य प्रविष्टि गरेर एकपटक कारोबार गरिसकेपछि भने अन्यपटक कारोबार गर्दा प्रणालीले नै भारित औसत निकाल्नेछ ।

‘अहिलेको समस्या पनि सानाभन्दा ठूला सेयर लगानीकर्ताहरूलाई हो,’ ती सेयर ब्रोकर भन्छन्, ‘२०६४ यताको कारोबार ब्रोकरहरूको प्रणालीमा नै छ, त्यसअघिका पनि सेयर रजिस्ट्रारलगायतबाट पत्ता लगाउन सकिन्छ, त्यसैले यसमा धेरै समस्या हुनेछैन ।’ व्यक्तिगत सेयर लगानीकर्तालाई हाल बिक्रीबाट लाभ भएमा ५ प्रतिशत र संस्थागत लगानीकर्तालाई १० प्रतिशत कर लाग्छ ।

सिडिएसीको नयाँ प्रणालीले समस्या सल्टिनेछ
अम्बिका पौडेल, पूर्वअध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम
अहिले नियमित सेयर कारोबार गर्ने लगानीकर्ताहरूलाई खासै समस्या छैन । पहिले आइसपिओ भर्ने, तर नियमित कारोबार नगर्नेहरूलाई समस्या हो । यस्ता वर्गको संख्या पनि धेरै छैन । ठूला लगानीकर्ताहरूले आफ्नो हिसाब राख्ने प्रवृत्ति पहिलेदेखि रहेकोले त्यो वर्गमा पनि खासै समस्या हुँदैन । हामीले सरकारलाई नै निश्चित मूल्य ९कट अफ प्राइस० तोक्न भनेका थियौँ । सरकारले लगानीकर्ता नै जिम्मेवार हुनुपर्ने बताएपछि केही समस्या आएको हो । यद्यपि, अहिले सिडिएससीले ल्याउन लागेको व्यवस्थामा हामीहरूसँग पनि छलफल भएको थियो । यो व्यवस्थाले खासै समस्या आउने देखिँदैन । कारोबार मूल्य पत्ता लगाउन ब्रोकर र सेयर रजिष्ट्रार कम्पनीहरूबाट समेत सहयोग लिन सकिन्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै