२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको निर्णय निगमलाई मान्य छैन, ओसाकासँगै निगमका ९ रुट



अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान जापानको ओसाका उडेसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ पछि ओसाका उडान स्थगन गरेको थियो ।

यसअघि निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि ९इन–डाइरेक्ट० उडान गरेको थियो ।

निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालका अनुसार, पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या बुधबार साँझसम्म ९५ थियो । २० जना ट्राभल तथा सेल्स एजेन्टलाई सित्तैमा टिकट दिइएको छ । अन्य ३६ जनालाई निगमले निम्तो दिएकाले होटल लगायतको खर्च निगमको हुने निर्देशक दाहालले बताए ।

२ सय ७४ सिट क्षमता भएको वाइडबडी विमान काठमाडौंबाट उडेको करिब साढे ७ घण्टामा ओसाका पुग्ने समय हो । निगमले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान तालिका राखेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पहिलो उडान सकिएपछि अन्य उडानको यात्रु बुकिङ वृद्धि हुने बताए । उनले भने, ‘दसैं आसपासमा टिकट बुकिङ अत्यधिक देखिएको छ ।’
निगमले एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । दसैंअघिसम्मका लागि यो प्रवर्द्धनात्मक भाडादर हो । निगमका एक निर्देशकका अनुसार, वाइडबडी विमानमार्फत हुने काठमाडौं–ओसाका उडानमा प्रतिघण्टा कम्तीमा १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्नेछ । यसमा कम्तीमा ३५ प्रतिशत खर्च इन्धनको छ ।

‘ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन’
वायुसेवा सञ्चालक संघले ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन नसकिने जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिइने घोषणा गरेका थिए । यसबारे धारणासहित संघले मंगलबार मन्त्रालयमा जवाफीपत्र पठाएको अध्यक्ष पवित्र कार्कीले कान्तिपुरसँग बताए ।

‘पर्यटनमन्त्रीले हामीसँग सल्लाह नै नगरी यो कार्यक्रम ल्याउनुभएछ,’ यसबारे हामीले गरेको सदस्यहरूसँगको बैठकपछि ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन सक्दैनौं भनेर लिखित विवरण पठाएका छौं,’ कार्कीले भने ।

संघले मंगलबारै पत्र मन्त्रालयमा दर्ता गराएको छ । भट्टराईले निजी वायुसेवा सञ्चालकहरूसँग समन्वय गर्दै तीन महिनाभित्र अध्ययन गरी यो लागू गर्ने घोषणा गरेका थिए । संघका १५ सदस्य वायुसेवा कम्पनीले पछिल्लो आर्थिक अवस्थासहित वायुसेवा कम्पनीको विस्तृत विवरण मन्त्रीलाई पठाएका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै