२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु र स्क्रब टाइफसले ३ को मृत्यु



अ+ अ-

चितवन । डेंगु र स्क्रब टाइफसले चितवनमा तीन जनाको मृत्यु भएको छ । डेंगु र स्क्रब टाइफसले एकरएक र डेंगुसँगै स्क्रब टाइफस भएका एक जनाको मृत्यु भएको चितवन स्वास्थ्य कार्यालयले बुधबार जनाएको हो ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपककुमार तिवारीका अनुसार चितवनमा दुवैखाले रोगका बिरामीको संख्या बढदो छ । डेंगु लामखुट्टेको टोकाइ र स्क्रब टाइफस मुसामा पाइने साना भुसुना वा किर्नाको टोकाइले हुने गर्छ ।

दुवैको लक्षण मिल्दोजुल्दो हुन्छ । ‘परीक्षणबाट मात्रै के भएको हो भनेर छुट्टिन्छ,’ भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने, ‘दुवै रोग लागेर आउने बिरामी भेटिएका छन् ।’ साउन २३ मा चितवनकी १६ वर्षीया किशोरी, ३१ मा नवलपुरका ७१ वर्षीय वृद्ध र भदौ ७ मा रौतहटका एक पुरुषको मृत्यु भएको जानकारी जनस्वास्थ्य प्रशासक तिवारीले दिए । चितवनमा पछिल्ला दिनमा डेंगुले महामारीको रूप लिने संकेत देखिएको उनले बताए ।

‘गत साउनदेखि भदौ १० सम्मको ४२ दिनमा चितवनका १२ अस्पताल र क्लिनिकहरूमा भएको प्रयोगशाला परीक्षणले ४ सय ३३ जनामा डेंगु भएको पाइएको छ,’ उनले भने, ‘४० जनामा स्क्रब टाइफस देखिएको छ, जसमध्ये २० जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । डेंगुका बिरामी भरतपुर महानगरपालिकामा अत्यधिक देखिएका छन् । पहिचान भएका बिरामीमध्ये २ सय ७५ जना भरतपुर महानगरका छन् । भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भरतपुरको पनि बजार क्षेत्रका वडाहरू १, २, ३, ४, १० र ११ मा डेंगु संक्रमितको संख्या धेरै छ ।

३९४ मा संक्रमण
हेटौंडा– बुधबारसम्म ३ सय ९४ जना डेंगु संक्रमित फेला परेका छन । एक महिनादेखि फैलिएको संक्रमणबाट बिरामी हुने क्रम घटेको छैन । बुधबार मात्रै १८ जनाको रक्त परीक्षणमा ५ जना डेंगु संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख भूपनारायण यादवले बताए ।

हेटौंडा अस्पतालबाट प्रारम्भिक परीक्षणपछि डेंगु भएको शंका भए थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सिफारिस गर्ने गरेको छ । प्रदेश ३ सरकार, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणको सेवा निःशुल्क दिने निर्णय गरेका छन् ।

दुई वडामा बढी बिरामी
कास्की– पोखरामा धेरै जनामा डेंगुको संक्रमण पाइएका दुई वडा ८ र ९ मा घना बस्ती छ । धेरै होटल, खाजाघर, रेस्टुरेन्ट, वर्कसप र कबाडीखाना छन् । वर्कसपमा लामो समयदेखि पानी राख्ने, टायर तथा अन्य स्थानमा पनि जथाभाबी राखिएका र फालिएका टिनका बट्टालगायतमा पानी जम्ने भएकाले लामखुट्टे फस्टाउने गरेको छ ।

वडा ८ मात्रै ९ वटा कवाडी संकलन केन्द्र र डेढ सयवटा हाराहारी वर्कर्सप छन् । ‘हामीले सचेतनामूलक कार्यक्रम गर्दागर्दै पनि यही वडा बढी प्रभावित भएको छ,’ वडाध्यक्ष रुद्रनाथ बरालले भने, ‘रेस्टुरेन्टदेखि कवाडी खानालगायत स्थानमा लामखुट्टेको लार्भा देखिएको छ । लार्भा नष्ट अभियान थालेका छौं ।’

बसपार्क र अत्यधिक वर्कसप, खाजाघर, रेस्टुरेन्ट धेरै भएकाले वडा ९ मा पनि डेंगु बढी फैलिएको वडाध्यक्ष रामराज लामिछाने बताउँछन् । ‘खाजा घर र रेस्टुरेन्टमा लामो समयसम्म थापेर राखेको पानीमा लार्भा देखिएपछि फाल्न खोज्दा उल्टो झगडा हुने गरेको छ,’ उनले भने, ‘यसमा सबै सचेत बन्नैपर्छ ।’

घरमा गमला, बाल्टी र ड्रमलगायतमा पानी जम्मा हुन नदिन र पानी थापेर राखे पनि लामो समय राख्न नहुने उनले बताए । उनका अनुसार वडामा ८० वटा वर्कसप छन् । डेंगु संक्रमितको संख्या बढ्न थालेपछि विद्यालयमा पुगेर विद्यार्थीसँग पनि चेतनामूलक छलफल गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।

पोखराका ३३ मध्ये २६ वटा वडामा बुधबारसम्म ३ सय ७३ जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । ३३ जना बिरामी बुधबार थपिएका हुन् । बिरामी हुनेमा वडा ९ मा सर्वाधिक १ सय ९ र वडा ८ मा १ सय २ जना भेटिएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै