२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाले निर्णय लिन नसक्दा एकतामा ढिलाइ : समाजवादी



अ+ अ-

काठमाडौँ । वैचारिक र सांगठनिक मुद्दाबारे टुंगो लागे पनि राजपाले निर्णय लिन नसक्दा एकतामा ढिलाइ भएको निष्कर्ष समाजवादी पार्टीले निकालेको छ । बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राजपाले भने निरन्तर छलफल जारी रहेको र कुनै पनि विषय टुंगो नलागेको दाबी गरेको छ । समाजवादीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक र सांगठिनक सवालमा टुंगो लगाउनुपर्ने विषय बाँकी नरहेको धारणा बैठकमा राखेका थिए । ‘सबै कुरामा धेरै अघिदेखि निरन्तर छलफल चल्दै आएको हो, टुंगो लगाउनुपर्ने विषय बाँकी छैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘राजपाले निर्णय लिनासाथ एकीकरण हुन्छ ।’

राजपा नेतृत्वमा ६ जना रहेकाले पनि निर्णय लिन समस्या परेको बुझाइ समाजवादीका नेताहरूको छ । महाधिवेशनअघि एकीकरण गर्नेरनगर्ने भन्ने विषयमा राजपाभित्र विवाद छ । अध्यक्षमण्डलका ६ नेतामा वर्तमान संयोजक राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि मात्रै एकीकरण गर्ने पक्षमा छन् । महाधिवेशन आगामी कात्तिक अन्तिम साताका लागि तोकिएको छ ।

एकताको विषयमा छलफल गराउन संयोजक यादवले अध्यक्षमण्डलसँग परामर्श नगरी शुक्रबारका लागि राजनीतिक समितिको बैठक बोलाएपछि राजपाभित्र विवाद चुलिएको छ । तत्काल एकीकरणको पक्षमा नरहेका यादव र झालाई वार्ता प्रक्रियामा समेत सहभागी गराइएको छैन । गत शुक्रबार समाजवादी अध्यक्ष यादवको निवासमा भएको वार्तामा पनि उनीहरूलाई बोलाइन ।

एकीकरणका लागि राजपाले १५ बुँदे आधार प्रस्ताव राख्दासमेत उनीहरूलाई जानकारी दिइएको छैन । राजपाको आधार प्रस्तावमा सांगठनिक संरचनामा समान हैसियत हुनुपर्ने र केन्द्रीय समितिको पहिलो मर्यादामा महन्थ ठाकुरलाई राख्नुपर्ने उल्लेछ । संरचनामा बराबरी हैसियत दिन समाजवादी तयार देखिएको छ । नेतृत्वको सवाल भने टुंगो लगाउन बाँकी रहेको स्रोतले बतायो ।

ठाकुरलाई वरिष्ठ नेता मान्न तयार भए पनि कार्यकारिणी नेतृत्व दिन समाजवादीले मानिसकेको छैन । राजनीतिक मुद्दाको टुंगो महाधिवेशनबाट लगाउन दुवै पार्टी सहमत देखिएका छन् । समाजवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको राजनीतिक एजेन्डामा अडान लिएको छ ।

राजपा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ । संघीयताका सवालमा दुवैको समान धारणा छ । राजनीतिक मुद्दालाई कार्यकारिणी तहको बैठकबाट समेत टुंगो लगाउन सकिने विकल्प समाजवादीले दिएको छ ।

राजपाले पार्टीको नाम राष्ट्रिय समाजवादी जनता पार्टी या समाजवादी जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव गरेको थियो । समाजवादीले ‘समाजवादी पार्टी’ मै सहमति खोज्ने नभए ‘राष्ट्रिय समाजवादी पार्टी’ मा लचिलो बन्ने संकेत दिएको छ । राजपाको चुनाव चिह्न र समाजवादीको झन्डामा सहमतिजस्तै छ ।

सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा पेचिलो छ । राजपाले एकीकरणअघि समाजवादीले सरकार छाड्नुपर्ने सर्त राखेको छ । सरकारको विषयमा समाजवादीभित्रै पनि दुई धार छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारबाट बाहिरिन जोड दिँदै आएका छन्, अध्यक्ष यादव तत्काल बाहिरिने पक्षमा छैनन् । समाजवादी सरकारमा रहँदा दुई तिहाइ पुग्ने र संविधान संशोधनमा सहज हुने बुझाइ उनको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले महाधिवेशनअघि एकीकरण गर्नुपर्छ भन्नेमा दुवै पक्ष तयार भए पनि राजनीतिक र सांगठनिक विषय टुंगो नलागेको बताए । ‘अहिले कुनै पनि डकुमेन्ट आदानप्रदान र मुद्दाहरूमा औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘एकता गर्नुपर्छ र वैकल्पिक शक्ति बनाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै