२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंकालाई संयुक्त राष्ट्र संघको ‘शान्ति सद्भावना दूत’बाट हटाउन माग



अ+ अ-

बलिउड अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्र संघको शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको छ ।

केही दिन अगाडि लस एन्जल्समा आयोजित ब्युटिकोन फेस्टिबलमा पाकिस्तानी महिलाको प्रश्नमाथि दिइएको जवाफलाई लिएर प्रियंकालाई शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको हो।

उक्त कार्यक्रममा प्रियंकाले दिएको जवाफ विवादस्पद बन्दै गएपछि पाकिस्नाती मानवअधिकार मन्त्री शिरिन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन माग गरेका हुन्।

मजारीले प्रियंकाले युद्धोन्माद फैलाएको आरोप लगाउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘युनिसेफले तुरुन्त प्रियंका चोपडालाई राजदूत पदबाट हटाउनुपर्छ। किनभने उनले भारतीय सेना र खराब मोदी सरकारलाई समर्थन गरेकी छन्। उनलाई हटाइएन भने यस्तो नियुक्ति एक तमासा बन्न जान्छ। मर्यादित पदमा कस्ता व्यक्ति नियुक्त गरिएको छ भन्नेबारे युनिसेफले यस कुराको ख्याल गर्नुपर्छ।’