७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै खेलमा जर्मन च्याम्पियन बायर्नको २३ गोल, पाँच खेलाडीको ह्याट्रिक !



अ+ अ-

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले रोताक एगर्नलाई पराजित गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो ।

रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल गरेको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे । एक गोल भने बायर्न म्युनिखले उपहारस्वरूप पाएको थियो ।