७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ सूचना अधिकारी नै छैनन्



अ+ अ-

जाजरकोट । यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।

सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ ।

सङ्घीय सरकारको मातहतमा रहेका पाँच कार्यालय, प्रदेश मातहतका छ र अन्य दुई कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका कार्यालयमा २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताउनुभयो । तोकिएको पोशाक नलगाउने कर्मचारीको सङ्ख्या ३० रहेको छ ।

नागरिक बडापत्र नभएका कार्यालय ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका कार्यालयको सङ्ख्या नौ, धूम्रपान, मद्यपान निधेष भनी नलेखिएको कार्यालय सङ्ख्या १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएको कार्यालयको सङ्ख्या नौ रहेको प्रजिअ बस्नेतले बताउनुभयो । कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ छ ।