७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरमा नेकपाकै नगर उप्रमुखबाट सरकारी गाडीको चरम दुरूपयोग



अ+ अ-

भद्रपुर । सामाजिक संस्थालाई राजनीतिक अखडा बनाउने प्रबृत्तिले सरकारी सम्पत्तिको दुरूपयोग समेत हुने गरेको पाइएको छ । स्थानीय सरकारका जिम्मेवार पदाधिकारीले सामाजिक संस्थालाई आफ्ना पार्टीका कार्यकर्ता मात्रको भर्ती केन्द्र बनाउन सरकारी सरकारी स्रोत साधन तथा गाडी समेत दुरूपयोग गर्ने गरेको पाइएको हो ।

भद्रपुर ९ स्थित दोस्रो खानेपानी समितिको निर्वाचनमा सरकारी गाडी प्रयोग गरी भद्रपुर नगरपालिकाकी उपप्रमुखले समितिको निर्वाचनका लागि भोट माग्दै घरलौरी हिडेको पाइएको छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित भद्रपुर नगर उप्रमुख चन्द्रमाया श्रेष्ठले सरकारी गाडीको चरम दुरूपयोग गरेकी हुन् ।

साउन २५ गते शनिवार भद्रपुर ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका लागि हुने निर्वाचनमा उपप्रमुख श्रेष्ठले प्रयोग गर्दै आएको मे १ झ ११७ नम्बरको रातो रङ्गको गाडी प्रयोग गरी विहीबार विहान प्रकाशपुर चोकमा गाडी राखेर खानेपानी उपभोक्ताको घर–घरमा उम्मेदवारलाइ लिएर भोटमाग्दै हिडेकी छन् । सरकारी कामका लागि बाहेक अन्य काममा स्वीकृती लिएर प्रयोग गर्नु पर्ने गाडी उनले सरकारमा नै बसेर नियम उलङ्घन गर्दै आइरहेको स्थानीय बताउँछन् । अधिवक्ता समेत रहेकी श्रेष्ठलाइ ऐन कानूनको विषयमा पूर्ण जानकार हुदा हुदै पनि यस्तो कार्य गरेको प्रति केही स्थानीयले आपत्ती समेत जनाए । नेकपाबाट उम्मेदवार रहेका चुडामणि मैनालीको प्यानललाइ सघाउन उनले भोट माग्दै हिडेकी छन् ।

केही स्थानीय राजनीतिकर्मीले के हो उममेयर ज्यु सरकारी गाडी नै प्रयोग गरेर भोट माग्न ? भन्ने प्रश्नमा हो भन्दै सहज जवाफ दिएको ती नेताले सञ्चारकर्मीलाइ बताए । नगर उपप्रमुखले सरकारी गाडी दूरुपयोग गरेको उनीहरुको दाबी छ । नगरपालिकामा सपथ लिएपछि साझा व्यत्ति हुनु पर्नेमा खुलेआम पार्टीमा देखिएर सोटीङ् गर्दै हिडेको स्थानीय बताउँछन् । झापामा पछिल्लो समय सरकारी गाडीलाइ व्यत्तिगत प्रयोग, कार्यालय समय पश्चात होटल अगाडि, राजनीतिक कार्यक्रम लगायतका क्षेत्रमा देखिने गरेको जानकारहरु बताउँछन् ।

यस विषयमा उपप्रमुख श्रेष्ठलाइ सम्पर्क गर्दा गाडी लिएर गएको हो तर, त्यहाँ प्रयोग भएन बुझ्नु भो नि कुरा ? त्यस्तो हैन यो ‘फेक’ न्युज हो ,यो नछाप्नु पनि उनले भनिन् । बिदाको दिन जिल्ला प्रशासनबाट स्वीकृती लिएर र अन्यको हकमा सरकारी काम बाहेक गाडी प्रयोग गरेमा सरासर दूरुपयोग भएको मानिने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उहाँहरु पार्टीको मान्छे नभइ सरकारका मान्छे भएकोले कुनै पार्टीमा देखिएर हिड्न नहुने प्रजिअ दाहालले बताए । भोटमाग्न गाडी प्रयोग गरेको विषयमा चासो लिएको उनले जनाए । उप

शनिवार हुने निर्वाचनमा नेपाली काङ्ँग्रेस, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुदैछ । दलीय भाग बण्डामा सहमती गरी सर्वपक्षीय बनाउने भन्दै ६ सदस्यीय छनौट कार्यमा काँङ्ग्रेस र नेकपाले सदस्य पद बाँड फाँड गरे पनि माथिल्लो ५ पदका लागि सहमती नभएपछि त्रिपक्षीय भिडन्त हुने भएको हो ।
बुधबार उम्मेदवारी दर्ताको अन्तिम समयसम्म आइपुग्दा नेपाली काँङ्ग्रेसले राजेन्द्र रिजालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपाले चुडामणि मैनालीलाइ अगाडि सारेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रामबहादुर थापाको प्यानल खडा गरेको छ ।