७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी गोलीकाण्ड: ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्।

हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो। ९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।

एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ। शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। गोलीकाण्डका संदिग्ध व्यक्तिले यो आक्रमण टेक्ससमा हिस्पानिक अतिक्रमणको प्रतिक्रिया हो भन्ने शब्दहरू अनलाइनमा राखेको ठानिएको छ।

ती शब्दमध्ये केही अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार उल्लेख गरिरहने अतिक्रमण जस्ता शब्दसँग मिल्न गएका छन्। ट्रम्पले अमेरिका–मेक्सिको सीमाको प्रसङ्ग उल्लेख गर्दा अतिक्रमण भन्ने शब्द प्रयोग गरिरहन्थे।

प्रहरीले डेटनमा भएको आक्रमणको उद्देश्यबारे अझै केही निष्कर्ष निकाल्न सकेको छैन। तर उसले गोली चलाउने व्यक्तिले कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको प्रमाण फेला पारेको बताएको छ।




भर्खरै