७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुष्माको निधनमा राप्रपा दुःखी



अ+ अ-
फाइल फोटो

काठमाडौं । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ । ‘विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ, राप्रपाले विज्ञप्तिमा भनेको छ,। जारी गरेको विज्ञप्तिमा सुष्मा नेपालको असल मित्र र शुभेच्छुक रहेको उल्लेख गरेका छन्।

‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु’, विज्ञप्तिमा थप भनिएको छ, ‘शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु।’