७ असार २०८३, आईतवार
,
Latest
सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्ग पुन मगर,”डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु”



अ+ अ-

काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।

भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् ।

कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’ उनकी आमा उषा पुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन ।

छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउ अभियानमा युवाको तर्फबाट भएको बताए ।

रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागिसरकार नै लाग्नुपर्ने बताए । मियुङ्ग पुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पाँच लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे । कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे ।

सानै उमेरमा बालिका प्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रिय भएको बताए । उनले भने,‘सबैको सहयोगका लागि आग्रह गर्छौं ।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे ।

मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकीका सांयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन । उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन् ।

समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे । बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग रहेको बताए ।




भर्खरै