७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार समितिका प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरेका थिए ।

यसैगरी कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रशासकीय अदालत विधेयक’, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वातावरण संरक्षण विधेयक’ र राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशि श्रेष्ठले ‘प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरे ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । ती पत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशकुमार भट्टराईलाई नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सिङ्गापुर गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएका सम्बन्धी थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।