७ असार २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ अहिलेसम्मकै उच्च, एकैदिनमा ८ सयले बढ्यो



अ+ अ-

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार सुन तोलामा ८ सयले बढेको हो।

सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६५ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा पुगेको थियो।

तर आज सुन शुक्रबार सुन तोलामा ६५ हजार ८ सय पुगेको हो। एकैदिनमा ८ सयले बढेको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।

यस्तै बिहीबार ७७० मा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदीप्रति तोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।