७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व खेलाडी अल्भेस साओ पाओलोमा अनुबन्ध



अ+ अ-

काठमाडौं । भेट्रान फुटबलर ड्यानी अल्भेस ब्राजिल फर्किएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी ब्राजिलियन क्लब साओ पाओलो गएका हुन् ।

३६ वर्षीय अल्भेसले सन् २००२ मा ब्राजिल छाडेका थिए । उनी बाहिआबाट सेभिया आएका थिए । २००८ देखि २०१६ सम्म बार्सिलोनामा आवद्ध भए । त्यसपछि एक सिजन युभेन्टस गएका उनी पछिल्लो दुई सिजन पेरिस सेन्ट जर्मेनमा थिए ।

उनले साओ पाओलोसँग डिसेम्बर २०२२ सम्मको सम्झौता गरेका छन् । हालै मात्र आफ्नो कप्तानीमा कोपा अमेरिका कप खेलेका उनले समग्रमा ४० औं उपाधि उचालेका छन् ।