७ असार २०८३, आईतवार
,
Latest
म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने सुर्खेतमा डुबेर तीन जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रविलाई गगनको पत्र: महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना



अ+ अ-

परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह गरेको छ । नयाँ आव शुरु भएको ६० दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले भने, “सम्पत्ति विवरण बुझाउन अटेरी गरेका शिक्षकको सूची मन्त्रालयबाट प्राप्त भएको छ, त्यो सूचीमा केही अवकाश पाएका, सरुवा भएर गएका, दोहोरिएका र सम्पत्ति विवरण बुझाइसकेका समेत नाम भेटिएको छ”, उनले थपे, “त्यो सूची छानबिन गरी नबुझाएका शिक्षकलाई अविलम्ब विवरण फारम भर्न र जरिवाना बुझाउन निर्देशन दिएका छौँ ।”

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।