७ असार २०८३, आईतवार
,
Latest
म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने सुर्खेतमा डुबेर तीन जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रविलाई गगनको पत्र: महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालयमा आगजनी



अ+ अ-

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले राससलाई जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।