७ असार २०८३, आईतवार
,
Latest
म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने सुर्खेतमा डुबेर तीन जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रविलाई गगनको पत्र: महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर विमानस्थलबाट गोलीसहित एकजना पक्राउ



अ+ अ-

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो सौर्य एयरलाइन्सबाट काठमाडौंको लागि हिँडेका इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तु घर भएका ३८ वर्षीय सुरेश राई बिमानस्थलमा जेकचाँचका क्रममा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार उनको साथबाट थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोली पनि बराबद गरिएको छ ।

राईले के प्रयोजनका लागि गोली बोकेर हिँडेका हुन् भन्ने बारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।