२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलामी इन्टरटेनमेन्ट र नेफा ग्रुपले नेपाल फिल्म अवार्ड गर्ने घोषणा



अ+ अ-

काठमाडौं । बलामी इन्टरटेनमेन्ट र नेफा मिडिया ग्रुपले नेपाल फिल्म अवार्ड गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यो अवार्ड घोषणा भएको हो ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहकार्यमा रहने अवार्डमा मनोरञ्जन पत्रकारितामा सक्रिय चर्चित २१ पत्रकार समेत जोडिएका छन् ।करिब २ करोड लागतमा आयोजना हुन लागेको अवार्ड १० हजार बढी दर्शकको उपस्थितिमा बाँडिने आयोजक बलामी इन्टरटेनमेन्टका प्रमुख समिर बलामीले जानकारी दिए ।

अवार्डको जुरीमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन् ।

पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा गरेर कुल १९ बिधामा बितरण गरिने अवार्डमा नेपाली फिल्म प्रति समर्पित एक व्यक्तिलाई १ तोला सुन र १ लाख ११ हजार १ सय ११ नगद सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ ।

३५ तोलादेखि ५० तोलासम्मको चाँदीको ट्रफी बन्ने अवार्डको अवेदन समेत खुल्ला भएको छ ।




भर्खरै