७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिए



अ+ अ-
फाइल फोटो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।