६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी विमानस्थलमा फेरि आक्रमण, नौ जना घाइते



अ+ अ-

रियाद– साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।

यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन् । उनले घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटक–पटक आक्रमण गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एकजना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए ।

प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको बताए ।

नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोही विरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने पनि मलिकीले बताए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन् ।