६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईफा अवार्डबारे नेपालको टिप्पणी : नेपालीले दुःख पाउने, विदेशी रमाउने राम्रो होइन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरेका छन् ।

पूर्वसांसद मञ्च नेपालको १९ औं साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको आफूले पाएको उनले बताए ।

उनले भने, ‘आफ्नो देशको साधनहरू संयन्त्रहरूलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ। राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजी फस्टाउने। नेपालीले दुस्ख पाउने विदेशी रमाउने, त्यस्तो तरिका अपनाउने होइन। नेपालको उद्योगधन्दा धरासायी हुने विदेशी उद्योग एकदम लहलहाउने स्थिति होइन।’

यस्तै नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको बताएका छन् ।नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति र अवकासजस्ता क्रियाकलापले जनतामा असन्तुष्टी बढेको बताए । पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको उनले बताए । व्यवहारमा लागु गर्न नसक्ने सिद्धान्त सहि सिद्धान्त नभएको उल्लेख गर्दै उनले परिर्वतनको आवश्यकता औल्याए ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’