६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान



अ+ अ-

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री थामरोङले दिएको जानकारीअनुसार उहाँले विश्व व्यापार संगठनको विशेष सत्रमा सम्बोधन गर्नुहुनेछ । मन्त्री थामरोङले त्यस अवसरमा कम्बोडियाको आर्थिक अवस्था, यहाँको आर्थिक विकासका लागि कम्बोडियाले गरेका प्रयास र संघर्षका बारेमा पनि चर्चा गर्नुहुने जानकारी दिनुभयो ।

सोही सम्बोधनका क्रममा प्रधानमन्त्री हुन सेनले कम्बोडियाको व्यापार रणनीति २०१९ सार्वजनिक गर्नुहुने जानकारी पनि मन्त्री थामरोङले दिनुभयो । त्यसैगरी उहाँले बिहीबार बस्ने राष्ट्रसंघीय मानवअधिकार परिषदको ४१ औँ नियमित सत्रलाई पनि सम्बोधन गर्नुहुनेछ ।

उहाँले सो सम्बोधनका क्रममा प्रजातन्त्र र मानवअधिकारप्रति कम्बोडियाको दरिलो प्रतिबद्धता पनि व्यक्त गर्नुहुने मन्त्री थामरोङजे बताउनुभयो ।