६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकको दुम्सेमा हात्ती आतङ्क



अ+ अ-

झापा । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ ।

हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पुर्याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाउनुभयो । बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताउनुभयो ।

जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक/दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पुर्याउने गरेको छ ।