६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनाको अवधिमा विप्लव समूहका १२ कार्यकर्ता पक्राउ



अ+ अ-

तनहुँ । महिनाको अवधिमा तनहुँ जिल्लामा नेत्रविक्रम चन्द समूहका १२ कार्यकर्ता पक्राउ परेका छन् । सन् २०१९ को जनवरीदेखि छ महिनाको अवधिमा उक्त समूहका १२ कार्यकर्ता पक्राउ परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

पक्राउ परेकामध्ये पाँच प्रहरी हिरासतमा र एक जिल्ला कारागारमा थुनामा छन् । बाँकी छजना भने अदालतको आदेशमा रिहा भएका छन् । सरकारद्वारा प्रतिबन्धित सो समूहले हिंसात्मक गतिविधि गरेका कारण उनीहरुलाई कानूनबमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

इन्सेकले सार्वजनिक गरेको जिल्लाको प्रतिवेदनअनुसार सो अवधिमा नौ जबर्जस्ती करणीका र पाँच जबर्जस्ती करणीको प्रयासको घटना भएको इन्सेकका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । जिल्लामा विगतका वर्ष जस्तो सो अवधिमा राज्य पक्षबाट मानव अधिकार हननका घटना नभएको उहाँले बताउनुभयो ।