२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगि



अ+ अ-

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो ।

तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ ।

त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।