५ असार २०८३, शुक्रबार
,
Latest
अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहसँग समन्वय नगरे देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ : पौडेल



अ+ अ-

डोटी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरेको आरोप लगाएका छन् ।

प्रेस युनियन डोटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ । यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ ।’

नेता पौडेलले निर्वाचन क्षेत्र बिशेष पूर्वाधारका नाममा सांसदहरुले बाँड्न पाउने बजेट वितरण गर्न नहुने तर्कसमेत गरेका छन् ।

नेता पौडेलले प्रदेश र केन्द्रीय सरकारले मनपरी ढंगले योजना वितरण गर्ने गरेको भन्दै अब कुनै पनि हालतमा यस्तो नहुने बताए ।

आफू पहिले देखिनै यसको बिरोध गरेको भन्दै उनले कुनै बिश्वासिलो मापदण्ड नभइ सांसदले रकम बाँड्नुले भ्रष्टाचार बढाउने उनको नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले देशमा अहिले दुई प्रकारका हिंसाको खतरा रहेको विशलेषणसमेत गरे । ‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।

देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरे ।