५ असार २०८३, शुक्रबार
,
Latest
अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : डेलले इंग्ल्यान्डविरुद्धको उद्घाटन खेल गुमाउने



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट अघि दक्षिण अफ्रिकालाई खेलाडीको चोटले सताएको छ ।

टिमका दुई जना फाष्ट बलर घाइते छन् भने अर्का एक जना फाष्ट बलर बाहिरिएका छन् । कागिसो रबडा र डेल स्टेन पनि घाइते छन् । इंगल्याण्ड र वेल्समा संयुक्त रुपमा भोलिदेखि सुरु हुने विश्वकप क्रिकेटको उद्घाटन इंग्ल्यान्डसँगको खेल भरपर्दा बलर स्टेयनले गुमाउने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दौरानमा उनको काँधमा चोट लाग्न पुगेको थियो ।३५ वर्षीय डेल पूर्णरुपमा ठीक नभएको हुँदा पहिलो खेल गुमाउने भएका हुन् । तर उनले दोस्रो खेलमा बंगलादेशविरुद्ध पनि खेल्ने नखेल्ने अहिले नै टुंगो लागिसकेको छैन । प्रशिक्षक ओटिस गिब्सनले उद्घाटन खेलमा इंग्ल्यान्डविरुद्ध पूर्णरुपमा ठीक नभएको हुदा खेल्न नसक्ने बताएका हुन् ।

भरपर्दा अनुभवी खेलाडी नै मैदानबाहिर हुँदा दक्षिण अफ्रिकालाई केही घाटा भने हुने निश्चित भएको छ । तर दक्षिण अफ्रिकाको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध भने डेलले खेल्ने छन् ।

यता आईसीसीले जनाएअनुसार विश्वकपका लागि टिममा परेका फाष्ट बलर एनरिच नोरट्जे चोटकै कारण बाहिरिएका छन् । उनको स्थानमा अलराउण्डर क्रिस मोरिसलाई टिममा बोलाइएको छ ।

क्लोज क्याम्पमा अभ्यास गर्दा उनको दाहिने हातको बुढी औला भाँचिएको छ । उनी पूर्ण ठीक हुनका लागि ६ देखि ८ साता लाग्ने भएको हुँदा विश्वकपबाट बाहिरिएका हुन् ।

२५ वर्षीय एनरिचले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गत मार्चमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । श्रीलंकाविरुद्धको सिरिजमा चार खेलबाट ८ विकेट लिएपछि उनीमाथि टिमले विश्वास लिएको थियो ।

उनको स्थानमा क्रिस मोरिसलाई ल्याउनु उपयुक्त विकल्प भएको क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ । ३४ एकदिवसीय क्रिकेट खेल खेलेका बलिङ अलराउण्डर क्रिस मोरिसले ३९३ रन बनाएका छन् । बलिङतर्फ भने उनले ३४ एकदिवसीय खेलबाट ३५ विकेट लिएका छन् ।

दक्षिण अफ्रिका टिम

फाफ डु प्लेसिस (कप्तान), जेपी डुमिनी, डेभिड मिल्लर, डेल स्टेयन, एनडिल फेहलुक्वायो, इमरान ताहिर, कागिसो रबडा, ड्वाइन प्रेटोरियस, डी कक, क्रिस मोरिस, लुंगी नगिडी, एइडेन मरक्रम, रसिइ भान डेर डुसेन, हसिम अमला र तब्राइज शाम्सी ।