३ असार २०८३, बुधबार
,
Latest
जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत होः पाठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका कर्मचारीलाई खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस लिने दुई जना पक्राउ



अ+ अ-

पोखरा । अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका १३ सिन्दुपाल्चोक घर भइ पोखराको हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीमा राजपत्र अनंकित द्धितिय श्रेणीमा कार्यरत प्राबिधिक कुमार लामिछाने र पोखरा १४ का बिचौलिया खगेन्द्र प्रसाद काफ्ले रहेका छन् ।

अख्तियार कार्यालय पोखराको टोलीले सोमबार उनिहरुलाई हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै एक जना सेवाग्रहीसँग रु चालिस हजार लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका डिएसपि रोसन खड्काका अनुसार पोखराको हेभि इक्युप्मेन्टको परिक्षामा पास गराउनका लागी अख्तियारका कर्मचारीलाई नै पैसा दिनुपर्ने भन्दै सेवाग्राहिसँग पैसा मागेका थिए । सो खबर पाए सँगै अख्तियार पोखराको टोलिले सेवाग्रहीको सहयोग मार्फत उनीहरुलाई रंगेहात समाउन सफल भएको छ ।