३ असार २०८३, बुधबार
,
Latest
जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत होः पाठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ताको गोली हानी हत्या



अ+ अ-
फाइल फोटो

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ ।

भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उनिमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ ।


गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।