१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्हैया कुमार ३ लाख ६७ हजार मतले पछि परे



अ+ अ-

काठमाडौं । बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

मतगणनाको प्रारम्भिक गणना आइरहँदा कन्हैया कुमार ३ लाख ६७ हजार ३ सय ८९ मतल पछाडि रहेका छन् । उनले कूल २ लाख ३६ हजार १ सय ३३ मत पाएका छन् भने गिरिराज सिंहले ६ लाख ३ हजार ५ सय २२ मत पाएका छन् । बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका ९१ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । हालसम्मको अग्रता हेर्दा अर्को पाँच वर्षका लागि मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।