१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङलोरबाट दुई करोड रुपैयाँ चोरी गरेर पाँच नेपाली फरार



अ+ अ-

काठमाडौं । भारतको बैङलोरबाट झन्डै दुई करोड रुपैयाँ बराबरको चोरी गरेर पाँच जना नेपाली फरार भएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार फरार हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीका हेमनाथ सिंह, उनकी पत्नी मान्डवी सिंह , बाजुरा जुवापानीका दीपक भनिने जीवन, राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाही रहेका छन् ।

फरार हुनुभन्दा अगाडि उनिहरुले कल्याणनगर निवासी नागराज रेड्डीको घरबाट लगभग दुई करोड रुपैयाँ बराबरको चोरेको दूतावासले बताएको छ ।

घटना लगत्तै परिवारले स्थानीय प्रहरीमा तीन केजी २ सय ५४ ग्राम सुनका गरगहना, १५ केजी चाँदीका गरगहना, पाँच लाख मूल्य बराबरका २३ थान घडी, डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन्।