२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन क्रूर बन्दैछ नेपाली समाज ?



अ+ अ-

काठमाडौं । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन्।

‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ।’ गत साउनदेखि माघसम्म सात महिनामा देशभर ४९२ व्यक्तिको हत्या भएको तथ्यांक छ, जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन्। १५ आमाबुबा छोराबाट मारिएका छन् ।

आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन्। चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ। यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन्। त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताएको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ।




भर्खरै