२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकाबन्दीले झन बलियो कतार



अ+ अ-

काठमाडौं । कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो।

तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’ नाकाबन्दीले ठूलो पाठ सिकाएको र त्यसबाट कतार बाहिर निस्केको निष्कर्ष कतारको दरबारले निकालेको छ।

‘दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ’, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले भने, ‘नाकाबन्दीले हामीलाई बलियो मात्र बनाएन पाठसमेत सिकाएको छ। हाम्रा नागरिकले नाकाबन्दी भुलिसके। तर मित्र मुलुकले जे गरे त्यो मानवीयता भने होइन।’ बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफैंमा दुर्भाग्यपूर्ण रहेको निष्कर्ष कतारको रहेको छ।

‘हामीले त बिर्सिसकेका छौं। तर अन्तर्राष्ट्रिय मञ्चमा यो विषय उठाउन छाडेका छैनौं,’ उनले भने, ‘राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं। ’ सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन। कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ। हवाई उडान घटाएको छैन भने ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर काम चलाइरहेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।




भर्खरै