२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने



अ+ अ-

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए ।
तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्यौट ऐन २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछर्यौट विनियमावली २०७२ (दोस्रो संसोधन २०७४ समेत) को विनियम ५९ उपविनियम (१) ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित छ ।




भर्खरै