२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा बच्चा छाडेको अभियोगमा पक्राउ परेकी पूर्वसभासद रिहा



अ+ अ-

काठमाडौं । आफ्नै शिशुलाई अस्पतालमा वेवारिसे छाडेको अभियोगमा मुद्दा दायर गरिएका पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो थुनामुक्त भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले साहलाई साधारण तारेखमा रिहा गरेको छ। त्यस्तै महतोलाई २० हजार धरौटी माग गरिएकोमा सो बुझाएर उनी पनि थुनामुक्त भएका छन्।

गत बैशाख २२ गते साह र महतोद्वयलाई ललितपुरस्थित मेडिसिटि अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेको थियो। बेवारिसे ढंगले शिशु छोडेको किटानी जाहेरी मेडिसिटि अस्पतालले दिएपछि प्रहरीले उनीहरूलाई अस्पतालबाटै पक्राउ गरेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।