२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्ने महराको आश्वासन



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिल विधेयकका विषयमा जनमतमा जान सकिने बताएका छन्। महराले विधेयकलाई प्रेसमैत्री बनाउन आफूले पहल गर्ने आश्वासन पनि दिएका छन्।

नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्ने क्रममा सभामुख महराले सोमबार उक्त भनाइ राखेका हुन्। विधेयकबारे आफूले सञ्चारमन्त्रीसँग एकपल्ट छलफल गर्ने पनि बताए। ‘विधेयकका विषयमा सरोकारवालासँग जनमत बुझ्न सकिन्छ। आफ्नो ठाउँबाट के गर्न सक्छु, मैले सकारात्मक पहल गर्ने छु,’ महासंघको टोलीलाई आश्वस्त गर्दै महराले भने। प्रमुख प्रतिपक्षले पनि यस विषयमा आवाज उठाएको बताउँदै महराले सञ्चारमन्त्रीसँग कुराकानी गर्ने बताएका हुन्।

महासंघका महासचिव रमेश विष्टले काउन्सिल विधेयकका दफासहित ज्ञापनपत्र वाचन गरेर सुनाएपछि सभामुख महराले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका हुन्। महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिल विधेयकका विभिन्न दफामा प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै फिर्ता गर्न पहलकदमीका लागि आग्रह गरे।

उनले महासंघको आन्दोलन कोहीप्रति लक्षित नभई प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट पारे। प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै हिसाबले नियन्त्रणमा राख्ने गरी विधेयक ल्याएको भन्दै त्यस्ता व्यवस्था खारेज गर्न सुझाव दिए। संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई कठोर सजायका व्यवस्था राखेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।