२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ‘स्काई रेल’ चलाउन चीनको प्रस्ताव



अ+ अ-

काठमाडौं । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ । बेइजिङ चाइना एयर रेल ग्रुप (सिसिएआर) ले लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्काई रेल चलाउन प्रस्ताव गरेको हो ।

सिसिएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्षसमेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्बोधन गरेर प्रस्ताव प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘हामीले प्रस्तावपत्र लगानी बोर्डमा पठाइसकेका छौँ, यस विषयमा अध्ययन भइरहेको छ ।’

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीका नेपाल प्रतिनिधि घनश्याम अधिकारीले जानकारी दिए ।

सिसिएआरका अनुसार काठमाडौंको चक्रपथमा पाँच हजार यात्रु बोक्न सक्ने स्काई रेल चलाउन सकिनेछ । ‘अहिले एक घन्टामा पाँच हजार यात्रु बोक्न सक्ने क्षमताको रेल सञ्चालनका लागि प्रस्ताव गरेका छौँ,’ अधिकारीले भने, ‘यसको क्षमता विस्तार गरी १० हजार पुर्याउन सकिन्छ ।’

सिसिएआरले दुई वर्षभित्र आफ्नै लगानीमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । काठमाडौंमा चैतमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी रहेको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।