२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली क्रसर संघ खडा गरी पैसा असुली



अ+ अ-

ललितपुर । ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसँग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अवैध गतिविधि संचालन गरेको पीडित व्यवसायीहरुले बताएका छन ।

जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथभित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन ।

संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अवैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् ।

गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।