२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाको उत्कृष्ट तीन सयभित्र त्रिभुवन विश्वविद्यालय



अ+ अ-

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ ।

बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागेजिनले सार्वजनिक गरेको ‘वल्र्ड युनिभर्सिटी (याङकिङ–२०१९’ अनुसार त्रिवि विश्वमा ८०१–१००० भित्र र एसियामा २५१–३०० भित्र स्तरीकृत भएको हो ।

म्यागेजिनले विश्वका एक हजार दुई सय ५० विश्वविद्यालयलाई श्रेणीबद्ध गरेको थियो । यसमा ८६ देशका विश्वविद्यालय सहभागी थिए । जसमा नेपाल, इराक, जमैका, तान्जानिया र कजकस्तान पहिलोपटक सहभागी भएका थिए ।

म्यागेजिनले आमसञ्चारसम्बन्धी बहुराष्ट्रिय कम्पनी रोयटर्स कर्पोरेसनको सहकार्यमा विश्वविद्यालयसम्बन्धी तथ्यांक संकलन गर्छ ।

विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थी संख्या, शिक्षक–विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलका आधारमा सूचक तयार गरिएको थियो ।

त्यसैगरी, प्रकाशित लेखमा गरिएका साइटेसन, विश्वविद्यालयभित्र अध्ययनरत विदेशी विद्यार्थीको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्यालगायत मुख्य सूचकलाई आधार मानेर मूल्यांकन गरेको थियो ।

त्रिविले पहिलोपटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। तीर्थ खनियाँले बताए ।

यो उपलब्धिबाट उत्साही बनेको उनले बताए । म्यागेजिनलाई उपलब्ध गराइएको विवरणअनुसार त्रिविमा तीन लाख ५९ हजार तीन सय ७७ विद्यार्थी अध्ययनरत छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।