२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुबाटै बहिनी बलात्कृत



अ+ अ-

काठमाडौं । नाताले बहिनी पर्ने बालिकामाथि एक युवकले बलात्कार गरेका छन् । बलात्कार अभियोगमा तनहुँको घिरिङ – ४ गड्यौलीका २५ वर्षीय माधव कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा साना बालबालिकाको हेरचाहसँगै पढाउनका लागि भनेर दुई वर्षदेखि राखिएकी १२ बर्षीया बहिनीमाथि कुमालले बलात्कार गरेका हुन् ।

कुमालले मंगलबार राति बालिकालाई बलात्कार गरेका थिए । दुई दिनसम्म बालिका विद्यालय जान नसकेपछि परिवारले खोजी गरेका थिए । तेश्रो दिन विद्यालय जाँदा पनि उनि बिरामी देखिएपछि सोध्ने क्रममा आफुमाथि भएको घटनाबारे बालिकाले जानकारी दिएको आमाले बताइन् ।

बालिकाकी आमाले साधेपछि कुमालले बलात्कार गरेको स्विकारेका छन् । मेलमिलापका लागि छलफल भएपनि आफन्तले नमानेका कारण कुमाललाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण पोष्ट्मा समाचार छ ।