२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा



अ+ अ-

काठमाडौं । जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले लोपोन्मुख जंगली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन थालेको छ।
अध्ययन टोलीका संयोजक वीरेन्द्र बस्नेतका अनुसार वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा शुक्रबारदेखि एकैपटक पूर्वसम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको हो। समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जंगल विज्ञ, पर्यटन र सांस्कृतिक विज्ञसहित टोलीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तक्र्रिया तथा स्थलगत अध्ययन थालेको हो।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम सुरु गरेको हो। अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ। कर्णालीमा अपार प्राकृतिक सम्पदा, जंगल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको छ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए। जाजरकोटमा हाब्रे लगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई से फोक्सुन्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्न सके कर्णालीको परिचय फेरिने उनले बताए।

बस्नेतले भने, ‘हामी अब विकट, गरिबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वसामू कर्णाली भन्नेबित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौं, त्यसकै आधारमा लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ।’ अन्नपुर्ण पोष्टवाट