२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : बेंग्लोर र दिल्ली बिजयी



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा दिल्ली कैपिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराएपछि राजस्थान प्लेआफ अर्थात अन्तिम ४ बाट बाहिरिएको छ ।

दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले घरेलु मैदान चिन्नास्वामी स्टेडियमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गरेको छ । १ सय ७६ रनको विशाल लक्ष्य पाएको बेंगलोरले १९।२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि जित हात पारेको हो ।

बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट योगदान गरे । उनी ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै विजय शंकरबाट क्याच आउट भए । गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको साझेदारी गरे । गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा युसुफ पठानबाट क्याच आउट भए ।

कप्तान विराट कोहली ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाउँदै रिद्धीमान शाहबाट क्याचआउट भए । एवी डि भिलियर्सई १ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट भए । हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कप्तान केन विलियम्सन ७० रनमा अविजित रहे । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावादान ठूलो समस्यामा छ ।

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुने छ । चेन्नई,मुम्बई र दिल्ली प्ले अफमा पुगि सकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जितका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ ।