२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम चरणमा आइपिएल, को को पुग्दै छन् प्लेअफमा ?



अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तिम चरणमा पुगेको छ । आइपिएलका ८ टिमले समुह चरणका १३/१३ खेल खेली सकेका छन् । अहिलेसम्म तीन टीम यस सिजनको प्लेअफमा पुगिसकेका छन् ।

चेन्नई सुपरकिंग्स १८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने मुम्बई इण्डियन्स १६ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली क्यापिटल्स पनि १६ अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।

अब प्लेअफमा पुग्ने चौथो टिमका लागि भने तीन टिमको सम्भावना रहेको छ । जसमा सनराइजर्स हैदरावाद, कोलकोता नाइटराइडर्स र राजस्थान रोयल्स रहेका छन् । यी तिन टिम प्लेअफमा पुग्न अब आफ्नो प्रदर्शनले मात्र नपुग्ने देखिन्छ । अन्य टिमको प्रदर्शनमा पनि उनीहरुको प्लेअफ यात्रा तय हुने देखिन्छ ।

रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजाव भने यस सिजनबाट एक खेल खेल्न बाँकी हुदै बाहिरीई सकेका छन् ।

अब प्लेअफमा पुग्ने चौथो टिममा तीन टिमका सम्भावना बारे चर्चा गरौ स्

अहिले १३ खेल खेलिसक्दा हैदरावाद १२ अंकसहित राम्रो रनरेटसहित चौथो स्थानमा रहेको छ । हैदरावादले आफ्नो अन्तिम खेल आज बैंगलोरसँग खेल्दै छ । हैदरावादले खेल जितेमा उसको रनरेट झन् राम्रो हुने र प्लेअफमा पुग्ने सम्भावना बढी देखिन्छ ।

त्यस्तै कोलकोता पनि १२ अंकसहित पाचौ स्थानमा रहेको छ । तर कोलकोताले खेल जितेपनि हैदरावादले हारेमा या कोलकोताले आइतबार हुने मुम्बई विरुद्धको खेलमा फराकिलो अन्तरले जितेर रनरेट सुधार्नुपर्ने चुनौती रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सको लागि भने आज हुने दिल्लीविरुद्धको खेल जितेर मात्र प्लेअफमा पुग्ने सम्भावना छैन । किनकी उसको अहिले १३ खेलमा ११ अंक छ । अर्को खेल जितेमा उसको १३ अंक मात्र हुन्छ । यस्तो अवस्थामा हैदरावाद र कोलकोता दुवैले आफ्नो अन्तिम खेलमा हार बेहोर्नु पर्ने हुन्छ ।

पहिलो र दोस्रो स्थानको लडाई :

समुह चरणमा पहिलो र दोस्रो हुने लडाई अहिले प्लेअफमा पुगेका तीन टिम रहेको छ । प्लेअफमा छ्नौट हुने चौथो टिम चौथो स्थानमा नै रहने पक्का भएको छ । यस्तोमा अब शिर्ष स्थानमा रहेको चेन्नईले आफ्नो अन्तिम खेल पंजावसँग आइतबार खेल्दै छ । त्यस्तै दोस्रो स्थानमा रहेको मुम्बईले आइतबार नै कोलकोतासँग खेल्दै छ । त्यस्तै तेस्रो स्थानमा रहेको दिल्लीले राजस्थान रोयल्ससँग आज खेल्दै छ ।

तीन टिम फरक फरक टिमसँग खेलिरहेकाले सबैले आ(आफ्नो खेल जितेमा शिर्ष स्थानमा चेन्नई नै रहने देखिन्छ । किनकी मुम्बई र दिल्लीकोभन्दा उसको २ अंक बढी रहेको छ । तर मुम्बई र दिल्लीबीच भने रनरेटको आधारमा दोस्रो र तेस्रो स्थानको तय हुने छ ।

प्लेअफमा पहिलो र दोस्रो टिमका लागि फाइनलमा पुग्ने दुई अवसर पाउने हुनाले पनि मुम्बई र दिल्लीका लागि दोस्रो हुनै पर्ने लडाईमा रहेका छन् ।

प्लेअफमा पहिलो र दोस्रो बीच पहिलो क्वालिफायर हुने छ, जसको विजेता टिम सिधै फाइनलमा पुग्ने छ । त्यस्तै तेस्रो र चौथो टिमबीच इलिमिनेटर खेल हुने छ । जसको विजेता टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ । यसरी दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने दोस्रो टिम हुने छ ।

यस आइपिएलको पहिलो क्वालिफायर आगामी मंगलबार राति ७ स् ४५ मा हुने छ भने इलिमिनेटरको खेल बुधबार साँझ हुने छ । त्यस्तै दोस्रो क्वालिफायर खेल शुक्रबार साँझ हुने छ भने फाइनल खेल आगामी आइतबार हुने छ ।