२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका लिजेण्ड जाभीले गरे फुटबललाई बाई बाई



अ+ अ-

काठमाडौं । स्पेनका पूर्व स्टार एवं बार्सिलोनाका खेलाडी जाभी हर्नान्डेजले सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ बर्षीय जाभीले बिहिबार राति यस सिजनको अन्त्यसँगै सबै खाले खेलबाट आफुले सन्यास लिने बताए ।

जाभी हाल कतारको अल साद क्लबबाट खेलिरहेका छन् । खेल जीवनबाट सन्यास लिएपनि उनले प्रशिक्षकको रुपमा आफुलाई फुटबलमा सक्रिय राख्ने बताएका छन् । जाभी सन् २०१५ मा कतारी क्लबमा अनुबन्ध भएका थिए ।

‘खेलाडीको रुपमा यस सिजन मेरो अन्तिम हुनेछ । २१ बर्ष खेल्दा मैले जे जस्तो गरें । राम्रै गरें, जस्तो लाग्छ । अब नयाँ पुस्तालाई पनि मैदान छाड्न आवश्यक छ,’ जाभीले भने । उनले खेलाडी जीवनपछि आफु प्रशिक्षकको रुपमा फुटबल विकासमा सक्रिय रुपले लागि पर्ने पनि बताए ।

जाभी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी पनि हुन् । पूर्व कप्तान समेत रहेका उनले बार्सिलोनाको सिनियर टोलीबाट ५०५ खेल खेल्दै ५८ गोल गरेका छन् । अल सादबाट ८२ खेल खेलेका उनले २१ गेल गरेका छन् ।

सन् २००० देखि २०१४ समम स्पेनको राष्ट्रिय टोलीका खम्बा रहेका जाभीले देशका लागि एक सय ३३ खेलमा १३ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।